Home चितवन विशेष माडी नगरपालिका एक साताका लागि सिल हुँदै ।

माडी नगरपालिका एक साताका लागि सिल हुँदै ।

0

चितवन , साउन २७ – देशैभर पछिल्लो समय कोरोना संक्रमण बढदै गएपछी चितवनको माडी नगरपालिका क्षेत्रमा एक साता सिल गरिने भएको छ । आगामी श्रावण ३१ गतेबाट लागु हुने गरी माडी नगरपालिकालाई एक साताका लागि सिल गरिने भएको हो । एक साताका लागि माडी नगर प्रवेश तथा यहा बाट बाहिर जान पुर्णत रोक लगाइने भएको हो । केही दिन अगाडी सम्म भारत बाट आएकाहरुमा कोरोनाको संक्रमण देखिदै आएको भए पनि हाल कोरोना संक्रमणका बिरामी देखिएका छैन । तर पनि माडीमा समेत समुदायस्तरमा कोरोना फैलिन सक्ने जोखिम बढ्दै गएपछि रोकथामका लागि श्रावण ३१ देखि भाद्र ५ गतेसम्म माडी आवात जावतमा पुर्णतया रोक लगाउने निर्णय गरिएकोे माडी नगरपालिका सुचना अधिकृत प्रविण भण्डारीले बताए । यस अघि नगरस्तरीय कोरोना रोकथाम समन्वय समितिको बैठकले बेलुका ९ बजेपछि बिहान ५ बजेसम्म हिडडुल गर्न तथा सवारीसाधन चलाउन समेत रोक्ने निर्णय गरेको थियो ।