होमपेजताजा समाचारपोखराकाे बैँक र सहकारीका कर्मचारीमा कोरोना संक्रमण

पोखराकाे बैँक र सहकारीका कर्मचारीमा कोरोना संक्रमण

पोखरा, साउन २७ – पोखरामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ । मंगलबारमात्र पोखरामा चार जना संक्रमित थपिएका छन् । संक्रमित मध्ये चारैजना कर्मचारीको स्वाब कलेक्सन पोखराको फेवासिटी हस्पिटलबाट गरिएको थियो । संक्रमित मध्ये वडा नं. २७ र ५ का संक्रमितहरु बैक र सहकारीको कर्मचारी भएको महानगरको स्वास्थ्य शाखामा कार्यरत एक कर्मचारीले गन्थनलाई बताएका छन् । पाेखराका एक सहकारीका एक कर्मचारी र उनकाे छाेरालाइ पनि काेराेना संक्रमण पुष्टी भएकाे छ ।

ति कर्मचारीका अनुसार संक्रमित मध्ये तीन जनाको उपचार फेवासिटी अस्पतालमा भईरहेको छ । एक जना भने घरमा नै बसेका छन् ।
पोखराको सिदार्थ बैँकमा कार्यरत कर्मचारी स्वाब कलेक्सनपछि पनि सोमबारसम्म अफिस गएको खुल्न आएको छ । पोखरा महानगरका कर्मचारीका अनुसार सिदार्थ बैँकका शाखा प्रमुखलाई फोन गरेर उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टीमा बस्न अनुरोध गरिसकिएको छ । भने संक्रमितलाई आइसोलेशन वार्डमा ल्याउने तयारी गरिएको छ ।
पोखरा १७ कि महिला संक्रमितको बारेमा वडा कार्यलयमा कुनै तथ्याङ्क नभएको वडा अध्यक्ष तिर्थराज अधिकारीले बताए । वडा अध्यक्ष अधिकारीका अनुसार उनको सम्पर्कमा रहेका व्यक्तिको ट्रेसिङ गर्ने सुरु गर्न लागिएको छ ।
फेवासिटी अस्पतालमा उपचाररत तीन संक्रमित मध्ये दुई जना क्याविनमा बसेका छन भने एक जना जनरल बेडमा बसेर उपचार गराईरहेका छ । -ganthan

ताजा समाचार