होमपेजचितवन विशेषमाडीको बाल्मिकी आश्रम देखी ठोरीसम्म अयोध्या क्षेत्र घोषणा गरौं : संयोजक पौडेल

माडीको बाल्मिकी आश्रम देखी ठोरीसम्म अयोध्या क्षेत्र घोषणा गरौं : संयोजक पौडेल

चितवन , साउन २७ – चितवनको माडी अयोध्या खोज अनुसन्धान तथा ब्यबस्थापन समितिका संयोजक नारदमणी पौडेलले माडीको धार्मिक , पर्यटन लाई ब्यबस्थापन गर्न आबश्यक भएको बताएका छ्न । उनले आफ्नो फेशबुक पेजमा माडिको समग्र बिकासका लागि बाल्मिकी आश्रम देखी ठोरीसम्म अयोध्या क्षेत्र घोषणा गरौं भन्दै पस्कीएको अबस्थामा ग्रहण गर्न सकीएन भने यस्तो अबसरबाट सदाका लागी चुक्नेछौं र भाबी पुस्ताको गाली खानेछौँ भन्दै चिन्ता व्यक्त गरेका छ्न । उनी लेख्छ्न ” देश,दुनियाँ,जगत,मानब बिकास र सभ्यतालाइ हेर्ने, बुझ्ने हाम्रा फरकफरक मान्यताहरु छन।विचारमा भिन्नताछन।अर्कोतिर हाम्रो माडी समुन्द्रको बिचमा भएको टाकुरो जसरी निकुञ्ज र मध्यबर्ती बनले घेरीएको छ।यहाँको बिकासको गति मुलत पर्यटन हो भन्ने कुरामा विवाद छैन।याहां पर्यटनको पनि तिन पाटा छ्न।”
१, पर्यापर्यटन ( निकुञ्ज र जैविक बिबिधता) संग सम्बन्धित २,कृषि पर्यटन ( किसान) संग सम्बन्धित ३, धार्मिक पर्यटन ( धार्मिक आस्था संग सम्बन्धित) ।तिनवटै क्षेत्रमा माडी नगरपालिका सहित हाम्रो ध्यानत गएको छ तर प्रयाप्त छैन।यी सबैको ब्यबस्थापन राजनीतिक रुपमा स्थानीय सरकार मार्फत गरीन्छ।
कतिपय बिकासको काममा सरकारी निकायलाइ जबर्जस्ती तान्दा पनि सफलता पाउन गार्‍हो हुन्छ।

अहिले माडीमा धार्मिक पर्यटनलाई ब्यबस्थापन सहित स्वागत गर्नुस भनेर पस्कीएको अबस्थामा ग्रहण गर्न सकीएन भने यस्तो अबसरबाट सदाका लागी चुक्नेछौं र भाबी पुस्ताको गाली खानेछौँ।त्यसकारण हाम्रा पुर्बबत मान्यतालाइ थाती राखौं र अबसरको सदुपयोग गरौं।बाल्मिकी आश्रम देखी ठोरीसम्म अयोध्या क्षेत्र घोषणा गरौं र यस क्षेत्रका सबै वडामा एकएक वटा भ्यू-पोइन्ट बनाउं ताकी सबै वडाले अयोध्याको फल चाख्न पाउन।यसका लागी हामीले केहि न केहि कुरबानी गर्न आबस्यकता छ गरौं समयले धेरै नकुर्ला। अनावश्यक बहसमा जान माडीलाइ छुट्छ जस्तो लाग्दैन।हामी सबैको अहिलेको अर्जुनदृस्ठि यसैमा लगाइ केन्द्र,प्रदेश र स्थानीय सरकारलाई सहयोग गरौं।निकुञ्जसंगको नितिगत लडाइ लाइ ब्यबस्थित र परिस्कृत बनाउँ।चेपाङ नमुना बस्ती निर्माणकार्यलाइ होसीयारी साथ पुरा गरौँ। ” उनको भनाइ छ ।

ताजा समाचार