होमपेजचितवन विशेषभरतपुर प्रयोगशालाको परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्ठि

भरतपुर प्रयोगशालाको परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन , साउन २६ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा सोमबार गरिएको परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । परिक्षणका क्रमममा चितवनका दुई पुरुष र एक महिला गरि ३ जना जना , रुपन्देही बुटवल भैरहवाका २ महिला र ८ पुरुष गरि १० जनामा कोरोना संक्रमण देखिएको हो ।

आज पहिचान भएका संक्रमितहरुमा चितवन भरतपुर महानगरपालिका वडा नम्बर ११ का ३७ र ४६ बर्षका २ जना पुरुष र भरतपुर ८ कि ४१ बर्षकि एक जना महिला रहेकी छ्न । चितवनका तिनै जना संक्रमितहरु क्वारेन्टाइनमा बसेका ब्याक्तीहरु भएको प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले बताइन । प्रयोगशालामा सोमबार २५० नमुना परिक्षण गरिएको थियो ।

ताजा समाचार