Home चितवन विशेष समाचार प्रभाव : माडी शिबद्वारका चेपाङ बालबालिकाले पाए पोशाक र स्टेशनरी

समाचार प्रभाव : माडी शिबद्वारका चेपाङ बालबालिकाले पाए पोशाक र स्टेशनरी

0

चितवन ,साउन २६ – चितवनको माडी शिबद्वारमा रहेका भुमिहिन , सुकुम्बासी चेपाङ परिबारका बालबालिका पोशाक र स्टेशनरीको अभाबमा भन्ने समाचार केही दिन अगाडि मेट्रो पत्रीका डट कम लगायतका संचार माध्याममा प्रकाशित भएपछीसहयोगीको हात अगाडी बढेको छ । गैर आवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य तुल्सीराम खरेलको जन्मदिनको अवसरमा सुकुम्बासी चेपाङ बालबालिकालाई सोमबार पोशाक र स्टेशनरी सामान हस्तान्तरण गरेका हुन । शैक्षिक अगुबा नारायण सापकोटाले चेपाङ सामुदायका बालबालिकाको अभाब आफ्नो फेशबुक पेजमा पोस्ट गरेपछी विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएको अबस्थामा भरतपुर महानगरपालिका वडा नं ४ स्थायी घर भई हाल जापानमा व्यवसाय गरिरहेका समाजसेवी खरेलले आफ्नो जन्मदिनको अवसरमा शिवद्वार र इन्द्रबस्तीको नदी किनारमा बसोवास गरेका ४८ जना सुकुम्बासी चेपाङ बालबालिकालाई पोशाक र स्टेशनरी सामान वितरण गरेका हुन ।

कार्यक्रममा सामान हस्तान्तरण गर्दै माडी नगरपालिकाका उप प्रमुख ताराकाजी महतोले सुकुम्बासीको स्थायी बसोबासको लागि माडी नगरपालिकाले पहल गरिरहेको जनाउदै विपत्तिको समयमा धैर्य गरी बस्न सुकुम्बासीहरुलाई आग्रह गरिन । पोशाक र स्टेशनरी वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी वाग्मती प्रदेशका सदस्य अोमनाथ पाण्डे, माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, सामाजिक अगुवा तथा लायन्स क्लव अफ माडी ग्रीनका अध्यक्ष श्रीप्रसाद दवाडी,जन जीवन माबिका प्रध्यानाध्यापक शोभाकर गौतम लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सुकबहादुर चेपाङले विपत्तिको बेलामा सुकुम्बासी चेपाङ बालबालिकालाई सहयोग गर्ने सहयोगी खरेल प्रति सुकुम्बासी चेपाङ परिवारको तर्फबाट आभार व्यक्त गरेका थिए । समाजसेवी खरेलको जन्मदिनको अवसरमा गत शुक्रबार पनि सोही स्थानका चेपाङ परिवारलाई तन्ना र झुल वितरण गरिएको थियो भने आज सोमबार बिहान मञ्जुश्री असहाय संरक्षण केन्द्रमा रहेका बालबालिकालाई खाना खुवाइएको थियो ।