होमपेजचितवन विशेषचितवनमा रातिमा हिडडुल गर्न नपाइने , परिक्षणको दायरा बढाइदै

चितवनमा रातिमा हिडडुल गर्न नपाइने , परिक्षणको दायरा बढाइदै

चितवन, साउन २५ चितबन जिल्लामा कोरोना भाइरस संक्रमको जोखिम बढ्दै गएपछि रातीको समयमा आवातजावत पूर्ण रुपमा प्रतिबन्ध लगाउने तयारी भएको छ । पछिल्लो केही दिन यता चितवन जिल्लामा कोरोना संक्रमणका बिरामी बृद्धी हुदै गएपछि समुदाय स्तरमा संक्रमण फैलिन नदिन राती ९ बजेदेखि विहान ५ बजेसम्म पूर्णरुपमा हिडडुलमा प्रतिबन्ध लगाइने तयारी गरिएको हो । जिल्लामा कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ लगायतको टोलीले आज जिल्ला जनस्वास्थ्य कार्यालय, भरतपुर अस्पताल, भरतपुर महानगरपालिका लगायत सरोकारवाला संग अनौपचारिक छलफल पछि प्रकृया लाई अगाडी बढाउन लागीएको हो । त्यसैगरि अहिलेको अबस्थामा जिल्लामा कोरोना परिक्षण सुस्त रहेकोले परिक्षणको दायरा बढाउने समेत निर्णय गरिएको हो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा अहिले दिउँसोको समयमा एक सिफ्टमा मात्रै परीक्षण भइरहेको छ । अहिले दैनिक डेढ सयको हाराहारीमा मात्रै परीक्षण हुँदै आइरहेको छ । स्थानियहरुले पनि प्रयोगशालामा अहिले गरिएको परिक्षण न्युन भएको गुनासो आईरहेको छ । चितबनमा पछिल्लो केही दिन यता बैकका कर्मचारी , प्रहरी , थुनुवा लगायतमा कोरोना संक्रमण देखीन थालेपछि प्रशासनले कोरोना नियन्त्रणका लागी बिभिन्न प्रयासका पहलहरु सुरु गरेको छ ।

ताजा समाचार