होमपेजचितवन विशेषमाडी नगरपालिकाको नाम परिवर्तन गर्न जनप्रतिनिधी लगायत स्थानियबासी उत्साहित

माडी नगरपालिकाको नाम परिवर्तन गर्न जनप्रतिनिधी लगायत स्थानियबासी उत्साहित

चितबन, साउन २५ –  चितबनको माडी नगरपालिकाको नाम परिबर्तन हुने भएको छ । शनिबार माडी नगरपालिकाको जनप्रतिनिधी लगायतको टोली र प्रधानमन्त्री केपी शर्मा ओली बिच भएको भेटघाटका क्रममा माडी नगरपालिकाको नाम परिवर्तन गर्नका लागी प्रधानमन्त्रीले अनुरोध गरेपछि नाम परिर्बतनका लागी जनप्रतिनिधीहरु सकारात्मक भएकमा हुन । भेटको पहिलो चरणमा नै प्रधानमन्त्रीले माडी नगरपालिकाको नाम परिबर्तन गरेर अयोध्या वा अयोध्यापुरी नाम राख्दा उपयुक्त हुने सल्लाह दिएपछि नगरप्रमुख र उपप्रमुख लगायतको टोली सकारात्मक भएको टोलीमा सहभागी माडी नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ९ का अध्यक्ष शिबहरी सुबेदीले बताए । उनले प्रधानमन्त्रीले नाम परिवर्तन गर्न गर्नु भएको प्रस्तावमा सबै जना सकारात्मक रहेकोले माडी नगरपालिकाको नाम परिबर्तन हुने संभाबना बढदै गएको बताए । नाम परिबर्तनका लागी अहिलेले भन्न नसकिने तर सर्बदलिय सर्बपक्षयि बैठक बाट नाम परिबर्तन गर्न सकिने भएकाले प्रक्रिया पुरयाएर नाम परिबर्तन हुन सक्ने माडी नगरपालिकाका उपप्रमुख ताराकाजी महत्तोले बताईन । उपप्रमुख महत्तोले नगरपालिकाको नाम अयोध्यापुरी वा अयोध्या मात्र के राख्दा उपयुक्त हुन्छ बैठक बाट टुड.ग्याउन पर्नेमा जोड दिएकी छन ।

शनिबार प्रधानमन्त्री सग भएको छलफलमा पनि माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले अयोध्यापुरी भन्दा अयोध्या राख्न प्रस्ताव गरेको र रामायणमा पनि धेरै ठाउँमा अयोध्यापुरी भन्ने नाम उल्लेख भएकोले अयोध्यापुरी नै हुनसक्ने बताईएको छ । यता माडीका स्थानियहरु पनि माडी नगरपालिकाको नाम परिबर्तन गरेर अयोध्या वा अयोध्यापुरी राख्न सकेमा उपयुक्त हुने भन्दै उत्साहित भएका छन । अहिलेको माडी नगरपालिका साबिकको गर्दी , बघौडा , कल्याणपुर र अयोध्यापुरी गाउ बिकाश समिती बनेर नगरपालिका भएको हो । साबिकको अयोध्यापुरी गाविस हाल ३ वटा वडामा सीमित भएको छ ।हालको माडी नगरपालिकाको वडा नम्बर ७, ८ , र ९ साबिक अयोध्यापुरी गाउ बिकाश समितीको क्षेत्र हो ।

ताजा समाचार