होमपेजचितवन विशेषराष्ट्रिय बाणिज्य बैक भरतपुरका कर्मचारीमा कोरोना संक्रमण

राष्ट्रिय बाणिज्य बैक भरतपुरका कर्मचारीमा कोरोना संक्रमण

चितवन , साउन २४ – चितवनको भरतपुर स्थित प्रयोगशालामा आज शनिबार गरिएको परिक्षणमा कोरोना पुष्टि भएका ८ जना मध्ये एक जना बैकका कर्मचारी भएको खुलासा भएको छ । उनि राष्ट्रिय बाणिज्य बैंक भरतपुर चौविसकोठी शाखामा कार्यरत कर्मचारी रहेको खुल्न आएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार उनी बैंकको अग्र भागमा कार्यरत कर्मचारीमा रहेकाले यो अबधिमा बैकमा बित्तिय कारोबार गर्न गएकाहरु लाई होम क्वारेन्टाइनमा बस्न र नजिकको स्वास्थ्य सस्थामा सम्पर्क गर्न अनुरोध समेत गरेका छ्न । चितवनका बैकहरु मध्ये भरतपुरको चौबिसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैंक अत्यधिक भिड हुने बैक हो । शनिबार मात्र चितवनमा बालक, प्रहरी र थुनुवागरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ताजा समाचार