होमपेजचितवन विशेषप्रधानमन्त्री ओलि भन्छ्न : अयोध्या माडीको अयोध्यापुरी नै हो

प्रधानमन्त्री ओलि भन्छ्न : अयोध्या माडीको अयोध्यापुरी नै हो

चितवन , साउन २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै भएको पुन बताएका छन । माडी र अयोध्याको बिषयमा छलफलका लागि काठमाडौं पुगेको जनप्रतिनिधि सहितको टोलीसंग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन । प्रधानमन्त्री ओलिले अयोध्या क्षेत्र माडीमै रहेको प्रशस्त्र प्रमाणहरु आफुलाइ जानकारी भएको बताउदै आउँदो रामनवमीमा विशेष जात्राको आयोजना गर्न र माडीमा राम मन्दिरको निर्माणको काम अगाडि बढाउन आबश्यक रहेको बताए । हाल माडीमा भेटिएका पुरातात्वीक एवं प्राचीन सामग्रीहरु सुरक्षित गर्नुपर्ने भन्दै उनले पुरातत्व विभागले खोज, अनुसन्धान र उत्खनन गर्न सुरु गरेको समेत बताए । एक फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले कुसुमखोला प्रकरण र निकुञ्ज ऐन शंसोधन लगायतका बिषयमा आफू गम्भीर रहेको बताउँदै बस्ती व्यवस्थापन र निकुञ्ज सिर्जित समस्या समाधानका लागि आबश्यकिय कदम अगाडी बढाइन लागेको बताए । प्रधानमन्त्री भेट र छलफलका लागि माडी नगरप्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकाजी महतो , नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ९ का अध्यक्ष शिबहरी सुवेदी , नेकपा माडी नगर कमिटि संयोजक प्रभु महतो अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणी पौडेल लगायतको टोलिले प्रधानमन्त्री ओलि लाई आज बालुवाटार पुगेर भेट गरेको हो ।

ताजा समाचार