होमपेजचितवन विशेषभरतपुर प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्ठि

भरतपुर प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन , साउन २४ – चितवन स्थित भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा शनिबार गरिएको परिक्षणमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवन र अन्य जिल्लाका गरि थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज (शनिबार) ६९ जनाको स्वाब परीक्षण गरिएकोमा थप ८ जनामा कोरोना देखिएको हो । कोरोना पुष्टि भएका मध्ये ६ जना चितवनका हुन् भने २ जिल्ला बाहिरका हुन् । प्रयोगशालाका डाक्टर नितु अधिकारीका अनुसार होम क्वारेन्टिनमा रहेका ६ बर्षीय बालकमा कोरोना पुष्टि भएको छ । यस्तै चितवनका ३५,४८ र २० बर्षीय प्रहरी तथा थुनुवा, चितवन मेडिकल कलेजमा उपचाररत ३६ बर्षीया एक पुरुष, भरतपुर अस्पतालमा उपचाररत ३१ बर्षीया एक महिलामा पनि कोरोना पुष्टि भएको हो । आज नै गरिएको परीक्षणमा सुर्खेतको चिठगाउँ १ का २२ बर्षीय प्रहरी र नवलपुरको गैंडाकोट १५ मा होम क्वारेन्टिनमा रहेका ३६ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको जनाइएको छ ।

ताजा समाचार