Home चितवन विशेष प्रधानमन्त्री भेटन माडीको टोली राजधानी काठमाडौ प्रस्थान

प्रधानमन्त्री भेटन माडीको टोली राजधानी काठमाडौ प्रस्थान

0

चितवन , साउन २४ – प्रधानमन्त्री केपि शर्मा ओलिले शुक्रवार माडीको अयोध्यापुरिका बिषयमा थप जिज्ञासा् राख्दै टेलिफोन गरेपछी प्रधानमन्त्री लगायत बिशिस्ठ ब्याक्तित्वहरु भेटनका लागि माडीको टिम संघीय राजधानी काठमाडौ प्रस्थान गरेको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालको नेतृत्वमा माडीको समग्र विषयमा जानकारी गराउने उदेश्यले टोलि आज बिहान काठमाडौ हिडेको हो । टोलिमा माडी नगरपालिकाका उपप्रमुख ताराकाजी महत्तो , अयोध्या लगायत धार्मिक , एतिहासिक स्थल खोजी समितिका संयोजक नारदमणी पौडेल , नेकपा माडी नगर अध्यक्ष प्रभु महतो , माडि नगरपालिका वडा नम्बर ९ का अध्यक्ष तथा प्रबक्ता शिबहरी सुवेदी , खोज अनुसन्धानकर्ता साध्य बहादुर भण्डारी लगायत रहेका छ्न ।

टोलिले प्रधानमन्त्री ओलि लगायत विभिन्न ब्याक्तित्वहरु लाई भेटेर माडीको धार्मिक तथा एतिहासिक अबस्थाको बारेमा जानकारी गराउनुका साथै केही दिन अगाडी माडीको कुसुमखोलामा भएको घटनाको बारेमा जानकारी गराइने टोलिमा सहभागी खोज अनुसन्धान समितीका सयोजक नारदमणी पौडेलले बताए । प्रधानमन्त्री ओलिले माडी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष तथा नगरपालिकाका प्रबक्ता शिबहरी सुवेदी लाई शुक्रवार टेलिफोन गरि माडी अयोध्यापुरीका विषयमा जानकारी लिनुका साथै भेटनका लागि काठमाडौ बोलाए पछि टोलि आज बिहान काठमाडौ हिडेको हो ।