Home चितवन विशेष माडी शिवद्वारका चेपाङ बालबालिका लाई शैक्षिक सामाग्रीको अभाब

माडी शिवद्वारका चेपाङ बालबालिका लाई शैक्षिक सामाग्रीको अभाब

0

चितवन , साउन २४ – चितवनको माडी नगरपालिका वडा नं ८ शिवद्वारको नदी किनारमा बसोबास गरेका सुकुम्बासी चेपाङ परिवारका बालबालिकाहरु लाई शैक्षिक सामाग्रीको अभाब भएको छ । जनजिबन माध्यामिक विद्यालयमा विभिन्न कक्षामा अध्यनरत करिब ४५ जना बालबालिका लाई अध्यनका लागि आबश्यक ड्रेस लगायतको लुगा कापी,कलम , झोला , स्टेशनरी र खेलकुद सामानको अभाब भएको हो । कोरोनाका कारण ५ महिना देखि विद्यालय बन्द भएको र शैक्षिक सामानको अभाबका कारण सो बस्तीका बालबालिकाहरु दिनभर खोला किनारमा त्यसै बसेर दिन काटने गरेको स्थानिय सुक बहादुर प्रजाले बताए । बालबालिका लाई किताब कपि लगायतको सामान ल्याउन आफुहरु सग रकम नभएकोले सहयोग गरिदिनका लागि उनले अनुरोध गरेका छ्न । यसैबिच शैक्षिक सामाजिक अगुवा नारायण सापकोटाले माडीको शिबद्वार स्थित बिपन्न चेपाङ बस्तीका बालबालिका लाई शैक्षिक सामाग्री सहयोगका लागि अपिल गरेका छ्न । शैक्षिक सामाग्री अभाबका कारण त्यस क्षेत्रका बिपन्न २७ घर परिवारका ४५ जना बालबालिका लाई शैक्षिक सामाग्री अति आवश्यक रहेको भन्दै सहयोगको लागि अपिल गरेका हुन । करिब २ बर्ष अगाडी माडीको कुसुम खोलाबाट सुरक्षित स्थान खोज्दै २७ घरपरिवार चेपाङहरु शिवद्वार आसपास नदि किनारमा बसोबास गर्दै आइरहेका छ्न ।