होमपेजमनोरंजनपशुपति र रमिला भन्छ्न पिर नभाको को छ र !

पशुपति र रमिला भन्छ्न पिर नभाको को छ र !

चितवन, साउन २३ – गायक पशुपती शर्मा र गायिका रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । शर्मा र न्यौपानेको आवाजमा सजिएको ‘पिर नभाको को छ र?’ बोलको गीत सार्वजनिक भएको हो ।

उक्त गीत गायक शर्माको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा गायक शर्माको शब्द र उनकै संगीत छ । गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ ।

गीतको भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् भने छायाँकन पनि पौडेलले नै गरेका हुन् । नबिन घर्ती मगरले सम्पादन गरेको भिडियोमा दीपाशा विसी, बबिन ठकुरी, नन्द बस्याँल र यम गुरुङ फिचर्ड छन् । गायक शर्मा र गायिका न्यौपानेको ‘झम झम दर्कियो पानी’ लाई अत्याधिक रुचाइएको थियो ।

ताजा समाचार