Home चितवन विशेष एकै परिवारका ३ जनामा संक्रमण देखिएपछि नारायणगढको पुतली बजार सिल

एकै परिवारका ३ जनामा संक्रमण देखिएपछि नारायणगढको पुतली बजार सिल

0
फोटो फाइल

चितवन , साउन २३ – चितवनको नारायणगढमा ट्राभल हिस्ट्री नै नभएका बृद्ध सहित एकै परिवारका ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि नारायणगढको पुतली बजार क्षेत्र सिल गरिएको छ । भरतपुर १ का ७९ बर्षीय बृद्धमा बिहिबार र उनका ४६ बर्षीय छोरा र ३८ बर्षीया बुहारीमा आज शुक्रवार कोरोना पुष्टि भएपछि उक्त क्षेत्र सिल गरिएको हो । आज बेलुकी ७ बजे देखि लागु हुने गरी अर्को आदेश नभए सम्मका लागि उक्त क्षेत्र सिल गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सुर्य थापाले बताए ।
पुतलीबजार क्षेत्रको एउटै परिवारका ३ जनामा कोरोनाको संक्रमण देखिएकाले भिमसेन मन्दिरदेखि मिनिसोमार्ग चोक र मेन रोड सम्मको क्षेत्रका करिब एक सय घर सिल गरिएको जनाइएको छ । बुधवार भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ट्राभल हिस्ट्री नै नभएका बृद्धमा कोरोना पुष्टि भएको थियो । यस्तै आज संक्रमित व्यक्तीको सम्पर्कमा रहेका उनका छोरा र बुहारीको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएका कारण अन्य सदस्यको पनि स्वाब संकलन गरी परीक्षण गरिने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।