Home चितवन विशेष प्रधानमन्त्री ओली द्वारा माडीको अयोध्यापुरीका बिषयमा चासो प्रकट

प्रधानमन्त्री ओली द्वारा माडीको अयोध्यापुरीका बिषयमा चासो प्रकट

0

चितवन , साउन २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभुमि अयोध्याको बिषयमा चासो प्रकट गरेका छन। प्रधानमन्त्री ओलिले माडी नगरपालिकाका प्रबक्ता तथा माडी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शिवहरि सुबेदीलाई टेलिफोन सम्पर्क गरि यस बिषयमा थप जिज्ञासा र चासो लिएका हुन ।कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले अयोध्या माडी क्षेत्रमै पर्ने भएकाले यसको समग्र बिकासको बारेमा ठोस योजना बनाउन र एतिहासिक महत्त्वका कुरालाइ संरक्षण गरि बृहत योजना सहित अघि बढ्न निर्देशन दिनु भएको प्रबक्ता सुबेदीले बताए ।

प्रधानमन्त्री ओलिले अयोध्याको धार्मिक तथा एतिहासिक तथ्य खोजबिनका लागि काठमाडौ आउन समेत अनुरोध गर्नु भएको सुबेदीले बताए । प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा भगवान राम नेपालमै जन्मनु भएको हो र अयोध्या नेपालमै पर्छ भनि उल्लेख गरे संगै माडीमा यसको बारेमा थप खोज र अनुसन्धान लागि समिति मार्फत काम भैरहेको छ।