होमपेजचितवन विशेषभरतपुर प्रयोगशालामा ४ जना कोरोना संक्रमीत भेटिए

भरतपुर प्रयोगशालामा ४ जना कोरोना संक्रमीत भेटिए

चितवन , साउन २३ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा शुक्रवार गरिएको परिक्षणमा ४जनामा कोरोना संक्रमण देखिएको छ । परिक्षणका क्रमममा चितवनका २ जना , पर्सा र सर्लाही १ – १ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । संक्रमितहरुमा चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का ४६ बर्षका पुरुष र ३८ बर्षकि महिला हुन भने चितवन मेडिकल कलेजमा उपचाररत पर्सा बिरगंज १० का ४२ बर्षकि महिला र बिपि कोइराला क्यान्सर अस्पतालमा उपचाररत सर्लाही लालबन्दी ११ का ७९ बर्षका पुरुष रहेको प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले बताइन । प्रयोगशालामा शुक्रबार १३१ नमुना परिक्षण गरिएको थियो ।

ताजा समाचार