होमपेजताजा समाचारश्रीमान द्वारा श्रीमति लाई एसिड प्रहार , छोरी समेत घाइते

श्रीमान द्वारा श्रीमति लाई एसिड प्रहार , छोरी समेत घाइते

काठमाडौं , साउन २२ – काठमाडौं स्थित चुच्चेपाटीमा आज राती एसिड आक्रमण हुँदा दुई जना घाइते भएका छन् । एसिड आक्रमणबाट घाइते हुनेमा आमा छोरी रहेको प्रहरीले जनाएको छ । घरको सामान्य बिबाद हुदा श्रीमानले श्रीमति लाई एसिड आक्रमण गरेका हुन । बुवा आमाको बिबाद भैरहेको अबस्थामा बुबाले प्रहार गरेको एसिड छोरी लाई समेत लागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भनिएका हेटौंडा घर भै काठमाडौ बस्ने राजन विष्ट पक्राउ परेका छन् ।महानगरीय प्रहरी बृत बौद्धका अनुसार घटनाबारे अनुसन्धान सुरु भएकाे छ ।
केही साताअघि मात्रै काठमाडौंकै सितापाइलामा पनि एक युवतीमाथि एसिड आक्रमण भएको थियो । काठमाडौमा एसिड प्रहारका घटना बिगत देखि नै हुँदै आएको छ ।

ताजा समाचार