होमपेजताजा समाचारनिजी तथा सार्वजनिक सवारी साधन जोर बिजोर संचालन हुने

निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोर संचालन हुने

काठमाडौ , साउन २१ – सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने जनाएको छ।गृह मन्त्रालयले बुधबार आज एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि सवारीसाधनमा जोर/विजोर प्रणाली लागू हुने जनाएको हो। अत्यावश्यक बाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गरिएको गृहले जनाएको छ। काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर दुईसय जनाभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने गृहले जनाएको छ।

ताजा समाचार