होमपेजचितवन विशेषमाडी नगरपालिका वडा नम्बर ९ को वडा भेला सम्पन्न

माडी नगरपालिका वडा नम्बर ९ को वडा भेला सम्पन्न

चितवन , साउन २१ – चितवन माडी नगरपालिका वडा नम्बर ९ को वडा भेला बुधबार सम्पन्न भएको छ । भेला यस आर्थिक बर्षमा वडामा संचालन गरिने विभिन्न योजनाहरु छर्नौट गर्दै सम्पन्न भएको हो ।भेलामा सहभागी वडावासीहरुले भेलामा शिक्षा,स्वास्थ्य,खानेपानी,बिद्युत,सिँचाई लगायतका योजनाहरु प्रस्ताव गरेका भए पनि माडी नगरपालिकाले यस बर्ष सिँचाईको काम लाई प्राथामिकतामा राखेकोले धेरै बजेट सिँचाईमा छुट्याइने भएको छ ।

चालु आर्थिक बर्ष २०७७।०७८ को लागि माडी नगरपालिका ९ लाई सडक योजना बाहेक ८० लाख बजेट बिनियोजन गरेको जनाइएको छ । वडाध्यक्ष शिबहरी सुबेदीको अध्यक्षतामा भएको भेलामा गत बर्षको बिकास निर्माणको कामको समिक्षा समेत गरिएको हो ।

फोटो : रामु भण्डारी

ताजा समाचार