Home Uncategorized चितवनमा अत्यधिक गर्मी , तापक्रम ३५ डिग्री पुग्यो

चितवनमा अत्यधिक गर्मी , तापक्रम ३५ डिग्री पुग्यो

0

चितवन , साउन २० – एक साता अगाडी मात्र बाढि , पहिरो र डुबानमा रहेको चितवनमा आज मंगलबार यस बर्षकै सबैभन्दा धेरै गर्मी भएको छ । बिहानै बाट घाम चर्किदै गएपछी दिउँसो चितवनको तापक्रम ३५ डिग्री पुगेको भरतपुर नागरिक उड्यान कार्यालयले जनाएको छ । गर्मी का कारण भरतपुर नारायणगढ क्षेत्रमा मानिसहरुको आवतजावतमा कमि आएको छ भने सडकमा सवारीको चाप समेत अघिल्लो दिनको तुलनामा कमि आएको छ । कोरोना प्रकोपको डर र गर्मिका कारण धेरै मानिसहरु घर भित्र नै रहेका भए पनि कामका लागि बाहिर निस्किएकाहरु भने गर्मिका कारण शितल तथा चौतारो छाया लगायतको स्थानमा बस्न बाध्य भएका छ्न । बिगतमा चितवनमा अधिकतम ४० डिग्री सेल्सियस सम्म तापक्रम पुग्ने गरेको भए पनि आज अत्यधिक गर्मी महसुस गरिएको हो ।