होमपेजचितवन विशेषचितवनमा भौतिक दुरी कायम नगर्ने र मास्क प्रयोग नगरी हिडने ७ सय...

चितवनमा भौतिक दुरी कायम नगर्ने र मास्क प्रयोग नगरी हिडने ७ सय ७३ जना कारबाहीमा

चितवन , साउन १९ – केही दिन यता नेपालमा कोरोना संक्रमणका बिरामीको संख्या बढदै गएपछी प्रशासनले हिड्डुलमा सजगता अप्नाउन गरेको अनुरोध लाई चितवनमा सर्बसाधारणले खासै ध्यान नदिएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट आइतबार र सोमबार गरेको अनुगमन तथा चेक जाचका क्रममा बाटोमा यात्रा गर्दा माक्स नलगाउने तथा सबारी साधनमा दुरि कायम नगर्नेहरु धेरै देखिएका हुन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुई दिनको अबधिमा जिल्लाका विभिन्न स्थानहरुमा न्यूनतम सामाजिक , भौतिक दुरी कायम नगरी सवारी साधन संचालन गर्ने तथा सार्वजनिक कार्यमा सामाजिक , भौतिक दुरी कायम नगर्ने र मास्क प्रयोग नगरी सार्वजनिक स्थानमा हिंडडुल गर्ने ७७३ जना व्यक्तिहरुलाई कारबाही गरिएको जनाएको छ । कारबाहीमा परेका उनिहरु लाई संक्रमण रोग ऐन, २०२० बमोजिम  १ सय र ५ सय जरिवाना गरी जम्मा ८३ हजार ५ सय रुपैया जरिवाना बाट राजस्व संकलन भएको जनाइएको छ । केही दिन अगाडी जिल्ला प्रहरी , ट्राफिक प्रहरी , विभिन्न संघ सस्था तथा जिल्ला प्रशासनको अगुवाइमा चितवनका विभिन्न स्थानमा गरिएको सचेतना पछि आइतबार बाट कारबाही सुरु गरिएको हो ।

ताजा समाचार