होमपेजविदेशभारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित

भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित

एजेन्सी , साउन १८ – भारतका केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना भाइरस संक्रमित भएका छन् ।उनले ट्विट गर्दै आफू संक्रमित भएको पुष्टि गरेका छन् ।अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाे उल्लेख गर्दै उनले चिकित्सकको सल्लाहमा अस्पताल भर्ना हुने तयारी गरेकाे उल्लेख गरेका छन् ।

उनले आफूसँग सम्पर्कमा आएकालाई आइसोलेसनमा बसेर परीक्षण गर्न आग्रह गरेका छन् ।ट्विट गर्दै उनले कोरोनाको सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको उल्लेख गरेका छन् ।

भारतमा कोरोना संक्रमण हुने भारत सरकारका उच्च अधिकारी हुन्।यसअघि आजै उत्तर प्रदेशकी एक जना मन्त्रीले कोरोनाभाइरसका कारण ज्यान गुमाएकी थिइन्।पछिल्लो समय भारतमा दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिइरहेको छ। पछिल्लो २४ घन्टामा भारतभर ५४ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ५३ जनाको मृत्यु भएको छ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म त्यहाँ १७ लाख ५० हजार ७२४ जनामा कोरोना संक्रमण देखिएको छ भने ३७ हजार ३ सय ६४ जनाको मृत्यु भएको छ। अहिलेसम्म ११ लाख ४५ हजार संक्रमित निको भएका छन् भने ५ लाख ६७ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ।

ताजा समाचार