Home चितवन विशेष आन्दोलनरत भुमिहिन चेपाङ द्धारा माडीका ४ वटै मध्यवर्ती कार्यालयहरुमा तालाबन्दी

आन्दोलनरत भुमिहिन चेपाङ द्धारा माडीका ४ वटै मध्यवर्ती कार्यालयहरुमा तालाबन्दी

0
फोटो : पदम पन्त

चितवन , साउन १८ – चितवन निकुञ्ज प्रशासनले ज्यादती गरेको भन्दै आन्दोलनरत माडीका भुमिहिन सुकुम्बासी चेपाङहरुले आज माडीका ४ वटै मध्यवर्ती कार्यलयहरुमा तालाबन्दी गरेका छन् । आफुहरुको गासबास खोसेको भन्दै उनिहरुले चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतका माडीका ४ वटै मध्यवर्ती कार्यालयमा लगाइएको ताला फोडेर नया ताला लगाएका हुन । उनीहरुले अयोध्यापुरी,रेवा,बघौडा र पाचपाण्डव मध्यवर्ती उपभोक्ता समिति कार्यलयहरुमा ताला लगाएका हुन् । आज नै उनिहरुले माडीको बसन्तपुर बजारमा निकुञ्जले ज्यादती गरेको भन्दै चर्का नाराबाजी सहित माडी नगरपालिकाको कार्यलयमा अगाडी धर्ना समेत दिएका छन् । धर्ना बस्नु अगाडी उनिहरुले बजार परिक्रमा गर्दै मध्यवर्ती क्षेत्र खारेज गर,१० लाख मान्छेको मुल्य होइन,निकुञ्ज ऐन संमसोधन गर,सुकुम्बासीको उचित ब्यबस्थापन गर भन्दै चर्का नाराबाजी गरेका थिए ।
सुकुम्बासीहरुको छाप्रोमा आगो लगाउने,अन्नबाली नष्ट गर्ने,मान्छे मार्ने हर्कत गरेर निकुञ्जले ज्यादती गरेको भन्दै पिडित,अन्य बाँदरझुला,कुसुमखोलासहित माडीका सुकुम्बासी,भुमिहिन,बाढी पिडीतहरु १५ बुदेँ माग सहित अहिले आन्दोलनमा रहेका छन् । निकुञ्ज प्रशासनले केही दिन अगाडी माडीको कुसुमखोलामा रहेका चेपाङ समुदायका घर जलाउने , हात्ती लगाएर घर भत्काउने तथा खेतको अन्नबाली नस्ट गरेपछी उनिहरु आन्दोलित भएका हुन ।