होमपेजचितवन विशेषकुसुमखोला घटना बुझ्न मानव अधिकारबादीको टोली माडी पुग्यो

कुसुमखोला घटना बुझ्न मानव अधिकारबादीको टोली माडी पुग्यो

चितवन , साउन १८ – चितवनको माडी नगरपालिका वडा नम्बर ९ कुसुमखोला चेपाङ बस्तीमा केही दिन अगाडी भएको आगजनीको विषयमा जानकारी लिन रास्टिय मानव अधिकार आयोग लगायतको टोली माडी पुगेको छ । अायाेगका सहसचिव यज्ञ अधिकारी लगायतको टोली घटनाका विषयमा जानकारी लिन माडी पुगेको हो । अायाेगका सदस्य जागेश्वर चापागाई , ईन्सेकका बाग्मती प्रदेश संयाेक कृष्ण गाैतम, गणेश भण्डारी , अधिवक्ता एव मानवअधिकारकर्मि मुकन्द दाहाल, अधिबक्ता सुर्य बोहरा लगायतको टोलीले माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल लगायत सग घटनाका बारेमा जानकारी लिएको छलफलमा सहभागी सामाजिक अगुवा श्रीप्रसाद दवाडीले बताए । टोली आज नै घटना स्थल माडीको कुसुमखोला पुगेर पीडितहरु सग जानकारी लिने बताइएको छ । केही दिन अगाडी निकुञ्ज प्रशासनले कुसुमखोलामा बसोबास गरिरहेका एक दर्जन घरहरुमा आगजनी तथा भत्काउनका साथै खेतबारीमा लगाएको मकै बाली समेत नस्ट गरेको थियो

ताजा समाचार