होमपेजचितवन विशेषकुसुमखोला निकुञ्ज पीडितको घर निर्माणका लागी कोष स्थापना

कुसुमखोला निकुञ्ज पीडितको घर निर्माणका लागी कोष स्थापना

चितवन , साउन १७ – चितवनको माडी नगरपालिका वडा नं – ९ कुसुमखाेलामा रहेकाे चेपाङ् बस्तीमा केही दिन अगाडी राष्टिय निकुञ्ज प्रशासनले आगजनी र हात्ति लगाइ घर भत्काइएका पीडितहरुको घर निर्माण सहयोग अभियान सुरु गरिएको छ । निकुञ्ज प्रशासन द्वारा चेपाङ परिवारको घरमा आगजनी गरि बिचल्ली बनाएपछी घर पुननिर्माणका लागि अभियान सुरु गरिएको हो । शनिबार पिडीत परिबारको घर निर्माणका लागि सहयोग रकम जम्मा गर्न अभियानका लागि बैक खाता समेत संचालनमा ल्याइएको माडी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शिबहरी सुबेदीले बताए । उनले पिडित चेपाङ परिवारको घर निर्माणका लागि सहयोगका लागि कोषमा रकम जम्मा गर्न अनुरोध समेत गरेका छ्न ।

यसैबिच नेपाल हेभी इक्विमेन्ट ब्यबसायी महासंघका अध्यक्ष एंब चक्रपथ अभियन्ता तारा बहादुर कुवँर लगायतको टिमले शनिबार ४१ हजार रुपैया जम्मा गरेका छ्न । उनिहरुले पिडीत परिवारहरु लाई आबास निर्माणका लागी भन्दै बैकं खातामा रहने गरि वडा अध्यक्ष सुवेदी मार्फत काेष स्थापना गरेका हुन । सो कोषमा आगामी दिनमा सहयाेग गर्न ईच्छुक सघं सस्था,सहयाेगी दाताहरु लाई जतिसक्दाे यथासक्य आर्थिक सहयाेग गरिदिनु हुन अनुराेध समेत गरिएको छ ।

ताजा समाचार