होमपेजचितवन विशेषशैक्षिक अबस्था सुधार्न माडी जनजीवनका शिक्षक लाई ल्यापटप

शैक्षिक अबस्था सुधार्न माडी जनजीवनका शिक्षक लाई ल्यापटप

चितवन , साउन १७ – शिक्षा लाई प्रबिधी र गुणस्तरीय बनाउन चितवनको माडी स्थित जनजीवन माध्यामिक विद्यालयमा कार्यरत १० जना शिक्षक शिक्षिकाहरुलाई ल्यापटप प्रदान गरिएको छ । प्रदेश सरकारद्वारा नमुना घोषित गरिएको माडी-८, खरकट्टा जनजीवनका १० जना शिक्षक शिक्षिकाहरुलाई ल्यापटप प्रदान गरिएको हो ।
केही दिन अगाडी बाट विद्यालयको आयोजनामा सञ्चालन भएको ७ दिने आइ.सि.टी. तालिमको समापनको अबसरमा विद्यालयको आर्थिक सहयोगमा ल्यापटप वितरण गरिएको जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले शिक्षकहरुलाई ल्यापटप हस्तान्तरण गरेका हुन । प्रमुख अथिति ढकालले प्रविधिको प्रयोगले शिक्षाको बिकाश र शैक्षिक अबस्था सुधार्न मद्दत पुग्ने बताउदै विद्यालयलाइ नमुना बनाउन सबैको भुमिका अपरिहार्य रहने बताए । ७ दिन सम्म संचालन भएको तालिम लाई साझापुर माध्यमिक विद्यालय मेघौलीका शिक्षक दुर्गाप्रसाद चौधरीले सहजीकरण गरेका थिए । समापन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका बरिष्ठ सदस्य मोहन प्रसाद भण्डारीको अध्यक्षता , विद्यालयका सहायक प्रधानाध्यापक अमृता केसीले स्वागत तथा प्रधानाध्यापक शोभाकर गौतमले विद्यालयको अवस्थाबारे जानकारी दिएका थिए भने शिक्षक रामप्रसाद भण्डारीले कार्यक्रम सञ्चालन गरेका हुन ।

ताजा समाचार