होमपेजचितवन विशेषमाडीमा सुकुम्बासीले भूमिसम्बन्धी समस्या समाधान गर्न माग

माडीमा सुकुम्बासीले भूमिसम्बन्धी समस्या समाधान गर्न माग

चितवन , साउन १७ – माडीका भुमिहिन सुकुम्बासीहरुले भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग माग गरेका छ्न । उनिहरुले आफुहरु पटक पट्क लखेटिनु परेको भन्दै बाच्नको लागि उचित ब्यबस्थापनको माग गरेका हुन । “हामीलाई ढुक्कसँग बस्ने ठाउँ दिनुपर्यो, अहिले हामी कुसुमखोला फर्केर जान पनि सक्दैनौं , यहाँ पनि बस्न पाइन्न भनेर उठाउन खोजिदैछ । यो अवस्थामा हामी कहाँ जाने हो ? हामीलाई ढुक्क सँग सुरक्षित भएर बस्ने व्यवस्था तत्काल गरियोस्” उनिहरुको भनाइ छ ।
भूमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देबी ज्ञवालीका स्वकीय सचिव सोमबहादुर कंडेल माडीको प्याउली, राइटोल र परुइको सुकुम्बासी बस्तीमा पुग्दा सुकुम्बासी बस्तीमा निकुञ्ले गरेको कार्यप्रति आक्रोशित हुँदै उपर्युक्त माग राखेका हुन् ।

सुकुम्वासी बस्तीको अवलोकन गरेपछि आयोगका प्रतिनिधि कंडेलले सुकुम्बासीहरुको समस्या समाधान गर्नकै लागि आयोग बनेको र आयोगले भूमि सम्बन्धी समस्या समाधान गर्न निरन्तर लागिरहको बताउदै यो समयमा प्राकृतिक विपत्तिप्रति सचेत रहेर धैर्य गरेर बस्न सुकुम्बासीहरुलाई आग्रह गरे । सो अवसरमा माडी नगरपालिकाका नगर प्रमुख ठाकुर ढकालले माडी नगरपालीकाले सुकुम्वासीहरुलाई व्यवस्थित तरिकाले बसोवास गर्ने योजना अगाडि बढाएको भए पनि निकुञ्जको अवरोधले गर्दा सुकुम्बासीहरु विचल्ली भएको जानकारी गराएका थिए । निकुञ्जको अवरोधले गर्दा आवास निर्माणको काम रोकिएको छ । सुकुम्बासीहरुमा झन अन्यौल उत्पन्न भएको छ । त्यसैले आयोगले अग्रसरता लिएर तत्काल कुसुमखोला र प्याउलीका सुकुम्बासीहरुको समस्या समाधान गर्नुपर्ने बताए । कुसुमखोलाको बस्ती व्यवस्थापन गर्नकै लागि राईटोलमा ९४ घरिवारलाई व्यवस्थित गर्नको लागि ४१ घर तयार भएर हस्तारन्तरण भएका छन् भने ४० घर बन्दाबन्दै रोकिएका छन् । राइटोलकै १३ घर, परुइमा ५३ घर र शिवद्वारका १३ बनाउने काम पनि रोकिएको जनाउदै उप प्रमुख ताराकाजी महतोले सुकुम्बासी बस्ती व्यवस्थापन गर्न चितवन राष्ट्रिय निकुञ्ज बाधक बनेको बताइन । आयोगका प्रतिनिधि कंडेलसँगको भेटमा माडी नगरपनलिका वडा नं ९ अध्यक्ष एवम् माडी नगरपालिकाका प्रवक्त शिवहरि सुवेदीले सुरक्षा र संरक्षणको हिसावले पनि कुसुमखोलाको बस्ती अनुपयुक्त रहेको भन्दै नगरपालिकाले अगाडि बढाएको कार्यमा निकुञ्जले पनि सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

सुकुम्बासी बस्तीको अवलोकन, सुकुम्बासीहरुसँग भेटघाट र जनप्रतिनिधिहरुको छलफल पछि कुसुमखोलाको घटनाले आयोग अत्यन्तै दुःखित बनेको जनाउँदै आयोगका प्रतिनिधि कंडेलले सुकुम्बासी बस्ती व्यवस्थापनमा निकुञ्जले गरेको अवरोध हटाउनको लागि केन्द्रबाट पहल गर्ने जानकारी दिदैं माडीका वास्तविक सुकुम्वासी र उनीहरुको अवस्थाको बारेमा यथार्थ विवरण तयार गर्न जनप्रतिनिधिहरुलाई आग्रहसमेत गरे । कुुसुमखोलाको घटना र माडीको सुकुम्बासी समस्याको बारेमा जानकारी लिन माडी पुगेका आयोगका प्रतिनिधि कंडेलले सुकुम्बासी बस्तीको अवलोकन , सुकुम्बासीहरुसँग छलफल र जनप्रतिनिधिहरुसँग भेटघाट गरेका थियो ।

ताजा समाचार