होमपेजचितवन विशेषसांसद सहितको टोलि द्वारा माडीको धार्मिक, ऐतिहासिक स्थानको अवलोकन

सांसद सहितको टोलि द्वारा माडीको धार्मिक, ऐतिहासिक स्थानको अवलोकन

चितवन , साउन १६ – चितवनको माडीमा रहेका धार्मिक,पुरातात्विक एवंम् ऐतिहासिक महत्वका स्थान तथा बस्तुहरुको खोजका लागि आज नगर स्तरिय भ्रमण गरिएको छ । माडी क्षेत्रमा रहेको धार्मिक,पुरातात्विक एवंम् ऐतिहासिक महत्वका स्थान तथा बस्तुहरुको खोज र संकलनको लागि भ्रमण गरिएको हो ।
भर्मण टोलिमा बाग्मती प्रदेश सभा सदस्य बिजय सुबेदी , माडी नगरका जनप्रतिनिधि , नगर स्तरिय समितीका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । टोलिले माडीको गोद्धक,अयोध्यापुरी लगायतका स्थानको ऐतिहासिक बस्तु अबलोकन तथा अनुसन्धान गरेको हो ।

भ्रमण पछिको छलफलमा प्रदेश सभा सदस्य सुबेदीले माडीको धार्मिक,पुरातात्विक एवंम् ऐतिहासिक महत्वका स्थान तथा बस्तुहरुको खोज र संकलन तथा प्रर्बद्धनका लागि सरकारको ध्यान जानू पर्ने बताउदै अब आउने राम नवमी पर्वमा माडीमा बृहत् धार्मिक मेला आयोजना गर्न सुझाव दिएका भ्रमणमा सहभागि टिकाराम सुबेदीले बताए ।

ताजा समाचार