Home चितवन विशेष माडीमा चेपाङ बालबालिकालाई पोशाक बितरण

माडीमा चेपाङ बालबालिकालाई पोशाक बितरण

0

चितवन , साउन १६ – वैदेशिक रोजगारको लागि हाल जापानमा रहनुभएका भरतपुर महानगरपालिका वडा नं ४ का डम्मर थापाको सहयोगमा माडी नगरपालिका वडा नं ७ को परुइ खोला बसोवास गरेका ५० जना चेपाङ बालबालिकाहरुलाई पोशाक बितरण गरिएको छ । पोशाक वितरण कार्यक्रममा बोल्दै भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देबी ज्ञवालीका स्वकीय सचिव सोमबहादुर कंडेलले सुकुम्बासीहरुको समस्या समाधान गर्नको लागि आयोग लागिरहेको बताउँदै प्राकृतिक विपत्तिप्रति सचेत रहँदै धैर्य गरी बस्न सुकुम्बासी सबैलाई आग्रह गरे ।

कार्यक्रममा सामाजिक अगुवा तथा लायन्स क्लब अफ माडी ग्रीनका अध्यक्ष श्रीप्रसाद दवाडी, लगायतको उपस्थिति रहेको थियो ।सहयोगको पोशाक ग्रहण गर्दै कमल चेपाङले विपत्तिको बेलामा सहयोग गर्ने सहयोगीहरुप्रति चेपाङ परिवारको तर्फबाट धन्यवाद  दिएका थिए ।