होमपेजचितवन विशेषभरतपुरमा कोरोना सचेतना : माक्स नलगाए ठाउको ठाउँ कारबाही

भरतपुरमा कोरोना सचेतना : माक्स नलगाए ठाउको ठाउँ कारबाही

चितवन , साउन १६ – लकडाउन खुलेसंगै बढ्न सक्ने काेराेना संक्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै नागरिकलाई सचेत गराउने उदेश्यले चितवनको भरतपुरमा बिबिध कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयकाे सयुुुक्त आयाेजना जन जनचेतना सम्बन्धी कार्यक्रम गरिएको हो । आज बिहान भएको कार्यक्रममा लायन्स क्लबकाे सहकार्य र सामुदायिक प्रहरी सेवा केन्द्र नारायणगढ, राेटरी क्लब अफ नारायणी मिड टाउन, वडा नं ३ का आमा समूहकाे सहभागिता रहेको थियो । कार्यक्रम अन्तरगत भरतपुरकाे चाैबिसकाेठीमा आज बिहान पैदल यात्री, सार्वजनिक सवारीका चालक, सहचालक र यात्रुहरुलाई काेरोनाकाे संक्रमणबाट बच्न अनिवार्य रुपमा मास्क, सेनिटाइजरकाे प्रयाेग गर्ने,सवारीसाधन चढ्दा आवश्यक सतर्कता अपनाउने,सामाजिक दूरी कायम गर्ने बारेमा जानकारी गराइएको हो ।

सोही कार्यक्रममा शनिबार देखि संक्रमणकाे जाेखिम हुने गरी मास्क नलगाई जथाभावी हिंडडुल गर्ने,सवारीमा यात्रा गर्ने मानिसहरुलाई संक्रमक राेग नियन्त्रण ऐन २०२० बमाजिम भेटिएकै स्थानमा तत्काल जरिवाना गरिने लगायतका बिषयहरुमा सचेत गराई करिब १ हजार थान मास्क र १ सय थान सेनिटाइजर समेत वितरण गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई , प्रहरी उपरीक्षक नान्तीराज गुरुङ , प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापा , लायन्स क्लब इन्टरनेशनल ३२५ बी२ का डिस्ट्रिक्ट फस्ट भाइस गभर्नर रामप्रसाद भट्ट , सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मीना खरेल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक दयाकृष्ण भट्ट, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रबिनबाबु रेग्मी लगायतको सहभागी रहेको थियो

ताजा समाचार