होमपेजचितवन विशेषमध्यबर्ती क्षेत्र भएकै कारण माडीबासी निकुञ्जको चेपुवामा

मध्यबर्ती क्षेत्र भएकै कारण माडीबासी निकुञ्जको चेपुवामा

चितवन , साउन १६ – पटक पटक निकुञ्ज र स्थानिय बीच द्वन्द्व बढ्दै गएपछि माडी नगरपालिकाले नगर भित्रको मानव बस्तीलाई मध्यवर्ती क्षेत्र वाट हटाउन माग गरेको छ । मध्यवर्ती क्षेत्र घोषणा भए सगै स्थानीयहरु निकुञ्जका कारण पिडित बन्दै गएपछी नगर भित्रको मानव बस्तीलाई मध्यवर्ती क्षेत्र वाट हटाउन पहल सुरु गरेको हो । बिहिबार माडी नगरपालिकाको पहलमा भएको सर्बदलिय बैठकले पनि मानव बस्ती रहेको क्षेत्र लाई मध्यबर्ती क्षेत्र हटाउनका लागि आबश्यक पहल सुरु गर्ने निर्णय समेत गरेको छ । बैठकमा मध्यबर्ती भएकै कारण पटक पटक माडीबासीहरु निकुञ्जको चेपुवामा पर्ने , जंगली जनावारले जन धनको क्षती हुदा पनि सहेर बस्नु पर्ने , उचित क्षतिपुर्ती नपाइने र पाउने नै भएपनी प्रक्रिया लामो र मुल्यांकन समेत कम हुने गरेको बैठकका सहभागीहरुले बताएका थिए ।उनिहरुले मध्यवर्ती क्षेत्रमा हरेक विकास निर्माण, प्राकृतिक स्रोतसाधनको उपयोग गर्दा निकुञ्जसँग अनुमति लिनुपर्ने बाध्यताले मध्यबर्ती क्षेत्र नै बाधक भएको बताएका हुन ।माडीमा ढुङ्गा, गिट्टी, बालुवा लगायतको प्रशस्त स्रोत छ तर मध्यवर्तीमै भएकै कारण स्थानीय र नगरपालिका स्वयमले सहज उपभोग गर्न नपाउदा मध्यबर्ती माडीका लागि बिकाशको बाधक भएको नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले बताए । अहिले माडी नगरपालिकाको सबै क्षेत्र मध्यवर्तीमा रहेकोमा निकुञ्जसँग जोडिएका बढीमा २५ प्रतिशत क्षेत्र मात्रै मध्यवर्तीमा राखेर अन्य भूभाग मध्यवर्तीबाट हटाउन नगरपालिकाले सम्बन्धित निकायमा अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । यद्यपि निकुञ्ज ऐनमा तोकिएको मध्यवर्ती क्षेत्रको परित्याग, स्वामित्व हस्तान्तरण वा सिमाना हेरफेर नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ ।

ताजा समाचार