होमपेजचितवन विशेषमाडीमा सर्बदलिय बैठक सम्पन्न , विभिन्न ८ बुदे निर्णय पारित

माडीमा सर्बदलिय बैठक सम्पन्न , विभिन्न ८ बुदे निर्णय पारित

चितवन , साउन १५ – चितवनको माडी कुसुमखोलामा केही दिन अगाडी घटेको घटना पछि माडी नगरपालिकाको आयोजनामा सर्बदलिय बैठक सम्पन्न भएको छ । आज भएको सर्बदलिय बैठकले विभिन्न  निर्णय गर्दै सम्पन्न भएको हो । सर्बदलीय बैठकले चितवन राष्ट्रिय निकुञ्जद्वारा कुसुमखोलामा भएको आगजनी, घर भत्काउने काम र बाली विनाशको घोर निन्दा र भर्त्सना गर्दै पीडितहरुलाई उचित राहत सहित घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाहीको पनि माग गरेको छ । त्यसै गरि माडी नगरपालिकाले सुरु गरेको चेपाङ नमुना वस्तीका घर निर्माणको काम तत्कालै अगाडी बढाउने , बाँदरझुलामा रोकिएका पूर्वाधार विकास, खानेपानी साथै जमिन जोत्नका लागि ट्रयाक्टर प्रयोग र बगही, प्याउली, कुसुमखोला हुँदै बाँदरझुला जाने वैकल्पिक गोरेटो बाटो संचालन गर्न विशेष अनुरोध गर्ने निर्णय भएको बैठकमा सहभागी श्रीप्रसाद दबाडीले बताए ।
बैठकले निकुञ्जभित्र बनकट्टा देखि कसरासम्मको सुविधा प्राप्त बाटो २४सै घण्टा सञ्चालन गर्न माग गर्ने तथा राष्ट्रिय निकुञ्ज ऐन २०२९ संशोधनलाई तत्काल अगाडी बढाउन वन मन्त्रालयसँग अनुरोध गर्ने समेत निर्णय गरिएको जनाइएको छ । बैठकमा आज गरिएका निर्णयहरु लाई ब्यबस्थित बनाउन नगरप्रमुखको संयोजकत्वमा सर्बदलिय समिती गठन गर्ने जनाइएको छ । आजको बैठकमा कार्यपालिकाका सदस्यहरु , विभिन्न राजनतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकका निर्णयहरूमा अन्य राजनैतिक दलका प्रतिनिधीहरुले सहमती जनाए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले भने असहमती जनाएको छ ।

ताजा समाचार