चितवन, साउन १५ – वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) नारायणप्रसाद रूपाखेतीलाई निकुञ्ज विभागमा तानेको छ।
निकुञ्जका सैनिकले चेपाङका घरमा आगजनी गरेको र एक जनालाई कुटपिट गरेपछि उनको मृत्यु भएको घटना बाहिर आएका थिए। यी घटनामा निकुञ्जको भूमिकामाथि प्रश्न उठेपछि मन्त्रालयले चिफ वार्डेन रूपाखेतीलाई विभाग बोलाएको हो। – सेतो पार्टी
‘मन्त्रालयबाट मलाई उहाँको सरूवा भएको खबर आएको छ,’ निकुञ्ज विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले सेतोपाटीसँग भने,‘उहाँको ठाउँमा अणनाथ बराल जानुहुन्छ।’ बराल यसअघि बर्दिया राष्ट्रिय निकुञ्जका चिफ वार्डेन थिए। – सेतोपाटी
फोटो : फायल