होमपेजचितवन विशेषगायक अमात्य द्वारा बघौडा अस्पताल लाई इलेक्ट्रोनिक सामान सहयोग

गायक अमात्य द्वारा बघौडा अस्पताल लाई इलेक्ट्रोनिक सामान सहयोग

चितवन , साउन १४ – भौतिक सामानको अभाबमा ग्रामीण क्षेत्रमा सेबा पुर्याउदै आएको चितवन माडीको बघौडा अस्पताल लाई इलेक्ट्रोनिक सामान सहयोग गरिएको छ । पुर्बधार सगै अत्यावश्यक रहेको पंखा , इन्भटर लगायतको सामानहरु सहयोग गरिएको हो । अस्पतालमा बिरामीहरुको उपचार अझै सगज बनाउने उदेश्यले आज एक कार्यक्रमको आयोजना गरि कमर्सियल एग्राे एण्ड डेपलपर्स ग्रुप मार्फत गायक याेेगाेश्वर अमात्यकाे सहयाेगमा अस्पताल लाई ब्याट्री ईन्भटर र २ थान पंखा लगायतको इलोक्टोनिक सामानहरु हस्तान्तरण गरिएको हो । उक्त सामानहरु कमर्सियल एग्राे एण्ड डेपलपर्स ग्रुप प्रतिनिधि सुर्य बहादुर भण्डारीले अस्पतालका डाक्टर अालाेक कुमार लाई हस्तान्तरण गरेका हुन । सामान हस्तान्तरण पछि धन्यवाद दिदै डाक्टर कुमारले असहज अबस्थामा गरिएको सहयोगले अस्पतालको सेबा लाई थप टेबा पुग्ने बताए । कार्यक्रममा माडी क्षेत्रका सामाजिक अगुवाहरूको उपस्तिथिती रहेको थियो ।

ताजा समाचार