होमपेजचितवन विशेषलायन्स क्लब अफ भरतपुर उज्यालोको पद्स्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ भरतपुर उज्यालोको पद्स्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

चितवन , साउन १३ – लायन्स क्लब अफ भरतपुर उज्यालोको चौथो पद्स्थापना तथा पद हस्तान्तरण कार्यक्रम चितवनको नारायणगढमा सम्पन्न भएको छ। क्लबको एक कार्यक्रमका बिच नब निर्बाचित पदाधिकारीको पद्स्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम क्लबका निबर्तमान अध्यक्ष लायन्स बिकास पौडेलको अध्यक्षता र डिस्टिक भाइस गभर्नर लायन्स रामप्रसाद भट्टको प्रमुख आतितथ्यता रहेको थियो । कार्यक्रममा रिजन चियर पर्सन लायन्स बिष्णु प्रसाद कंडेल ,जोन चियर पर्सन लायन्स रितु गिरि ,सतन्चुली होटल का संचालक तथा रोटरी क्लबका पुर्ब अध्यक्ष बद्री अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । लायन बर्ष २०/२१  का अध्यक्ष लायन्स लक्ष्मी रिजाल सहित नयाँ कार्य समिती यस अगाडि नै क्लब अधिबेशनमा जुम मिटिङ मार्फत सम्पन्न भएको भए पनि आज औपचारिक रुपमा पद हस्तान्तरण गरिएको हो ।कार्यक्रमको संचालन लायन्स क्लब अफ भरतपुर उज्यालोकि सचिब अमृता भट्टराईले गरेकी थिइन ।

ताजा समाचार