होमपेजराजनीतिपार्टी फुटबाट जोगाउन बामदेबले ल्याए ६ प्रस्ताव

पार्टी फुटबाट जोगाउन बामदेबले ल्याए ६ प्रस्ताव

चितवन , साउन १३ – नेपाल कम्युनिस्ट पार्टि (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपि ओलि प्रति सदसयता देखाउदै प्रतिनिधि सभाको बाकी कार्यकाल ओलि नै प्रधानमन्त्री रहने ६ बुदे प्रस्ताव सार्बजनिक गरेका छ्न । उपाध्यक्ष गौतमले प्रतिनिधि सभाको बाँकी कार्यकाल केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि उनी नै कायम रहने गरी सहमतिको प्रस्ताव पेश गरेका हुन । उनले अर्का अध्यक्ष पुस्प कमल दहाल प्रचण्ड एकता महाधिवेशन सम्म सम्पुर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव ल्याएका हुन । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पेश गरेको ६ बुँदे प्रस्तावमा पार्टी कार्यालय भन्दा बाहिर बैठक नबस्न समेत प्रस्ताब गर्दै गरि अहिलेको अबस्थामा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्न नहुने समेत उल्लेख गरेका हुन् ।

ताजा समाचार