होमपेजचितवन विशेषपुर्बी चितवनमा ट्रकको ठक्करबाट १ को ज्यान गयो

पुर्बी चितवनमा ट्रकको ठक्करबाट १ को ज्यान गयो

चितवन, साउन १३ – पुर्वी चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्‍यु भएको छ । रत्ननगर नगरपालिका ३ श्रीरामचोकमा सोमबार राती करिब ९:१५ बजे ट्रकले दिदाँ स्कुटर चालकको मृत्यु भएको हो ।

पूर्ब पश्चिम राजमार्ग अन्तर्गत पूर्बबाट पश्चिम तर्फ आईरहेको ना ४ ख ४१५५ नम्बरको ट्रकले बिपरित दिशा तर्फ गईरहेको ना ४७ प ६१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।

ठक्करबाट गम्भिर घाइते भएका स्कुटर चालक अन्दाजी ३०-३५ बर्षीय पुरुषको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा राती १०ः१० बजे मृत्‍यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । ठक्कर दिने ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार