परीक्षा नियन्त्रक राजाराम खकुरेलले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय अनुसार यो साता भित्र नै नतिजा निकाल्ने तयारी भईरहेको जानकारी दिए । विगतमा देशभरका विवरण बोर्डमा ल्याएर मार्क लेजर तयार पार्दा केही प्राविधिक त्रुटि देखिने गरेकोमा यसपटक विद्यालय आफैले लेजर तयार पारेकाले त्रुटि कम हुने अनुमान गरिएको थियो ।
तर, विद्यालयले पठाएका विवरण जिल्लास्थित शिक्षा इकाइहरुमा सच्चिएर बोर्डमा आइपुग्दा समेत केही त्रुटिहरु पाइएको परीक्षा नियन्त्रक खकुरेलले बताए । एसईइ मूल्यांकनका सन्दर्भमा विद्यालयहरु र इकाईहरुसमेत गम्भीर नदेखिदा केही जिल्लामा समस्या देखिएको उनको भनाई छ ।
यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैथिए । तर कोरोना महामारीका कारण परीक्षा सुरु हुनु एक दिनअघि ५ चैतमा परिक्षा स्थगित गरिएको थियो । पछि परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय लिएको हो । – गोदावरि