होमपेजचितवन विशेषनिकुञ्जको ज्यादतीको विरुद्ध माडीमा सुकुम्बासीको प्रर्द्शन हुदै

निकुञ्जको ज्यादतीको विरुद्ध माडीमा सुकुम्बासीको प्रर्द्शन हुदै

चितवन , साउन १२ – चितवन राष्ट्रिय निकुञ्जको ज्यादतीको विरुद्ध चितवनको माडीमा रयाली निकालिने भएको छ । रास्टिय निकुञ्जले चेपाङ बस्ती माथी ज्यादती गरेको भन्दै मंगलबार दिउँसो माडीको बसन्तपुर बजारमा बिरोध रयाली प्रर्दशन गरिन लागिएको हो । केही दिन अगाडी निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा रहेका चेपाङ सुकुम्बासीहरुको छाप्रोमा आगजनी तथा क्षति गरेकाले न्यायका लागि रयाली प्रर्दशन गर्न लागिएको सुकुम्बासी संघर्ष समितिका माडीका अध्यक्ष राजकुमार चेपाङले बताए । उनले निकुञ्जको हेपाहा प्रवृत्तिका कारण सधै पिडामा बाच्नु परेको र उचित ब्यबस्थापनको माग समेत गरेका छ्न ।त्यसैगरि बाँदरझुला सुकुम्बासी संघर्ष समिति र कुसुमखोला बस्ती व्यवस्थापन समितिले आफुहरुको उचित ब्यबस्थापन हुनु पर्ने माग गर्दा माडी नगरपालिका कार्यालयमा अनिश्चितकालीन धर्ना दिने र मध्यवर्ती कार्यालयहरुमा तालाबन्दी सहितको आन्दोलन आह्वान गरिएको जनाइएको छ । केही दिन अगाडी निकुञ्ज ले स्थानीय निकाय सग कुनै समन्वय नगरी ३ घरमा आगजनी र ७ बटा घर हात्ती लगाएर नष्ट गरेको थियो ।

ताजा समाचार