होमपेजचितवन विशेषकुसुमखोला घटना : माडी नगरपालिकाको बिज्ञप्ति , सर्बदलिय बैठकको तयारी

कुसुमखोला घटना : माडी नगरपालिकाको बिज्ञप्ति , सर्बदलिय बैठकको तयारी

चितवन , साउन १२ – चितवनको माडी नगरपालिकाले केही दिन अगाडी माडीको कुसुमखोला स्थित सुकुम्बासी चेपाङ बस्तिमा निकुञ्ज प्रशासन द्वारा गरिएको आगजनीको बारेमा स्पष्ट पारेको छ । निकुञ्ज प्रशासनले कुसुमखोलाको चेपाङ बस्तीमा गरेको आगजनीको क्षती लाई बनमन्त्री र निकुञ्जका वार्डेनले गलत अर्थले परिभाषित गरेपछी नगरपालिकाले बिज्ञप्ति मार्फत स्पष्ट पारेको हो । नगर प्रमुख ठाकुर प्रसाद ढकाल द्वारा जारी बिज्ञाप्तिमा ५३ साल देखि कुसुमखोलामा बस्दै आएका चेपाङहरु ५४ सालमा आएको बाढीले बिस्तापित भै नगरपालिका कै वडा नम्बर ९ को प्याउली , वडा नम्बर ८ को शिबद्वार र वडा नम्बर ७ को गौरी टोलमा बस्दै आएको भए पनि ती स्थानमा समेत निकुञ्जले घर निर्माणमा रोक लगाएको तथा ११ घर परिवार कुसुमखोलामा नै नियमित बस्दै आएको स्पष्ट पारेको छ

। तर बन मन्त्रालयको छानबिन टोलीले काल्पनिक र भ्रामक रुपमा चेपाङहरु बाली कुर्न मोटर साइकल चढेर जाने गरेको , मचानमा मात्र आगो लगाइएको लगायतको झुठा प्रतिबेदन पेश गरेको स्पष्ट गर्दै कुसुम खोला जादा बाटोमा पहिरो झरेकाले चारखुट्टा टेकेर एउटै खोला पटक पटक तरेर मात्र पुगिने स्पष्ट पारेको छ । बिज्ञप्तिमा मन्त्रालयको टोलीले बिपन्न चेपाङहरु लाई उपहास गरेको र निस्पक्ष छानबिनका लागि संसदिय छानबिन समिती गठन गरि स्थलगत अध्यन गर्न अनुरोध गरिएको छ । त्यसैगरी आज जारी गरिएको बिज्ञप्तिमा केही मिडियाले नगरपालिकाको सङग्नतामा निकुञ्ज फडानी भएको भन्दै झुठा समाचार प्रकाशित भएको प्रती ध्यानाकर्षण भएको जनाउदै ४ सय बिगाह बढी जमिन संरक्षक हुनेगरी ब्यबस्थापनमा लागेको जनाइएको छ । यसै बिच माडी नगरपालिकाले माडीको कुसुम खोलाको घटना पछि उत्पन्न समस्याका विषयमा छलफल गर्न मंगलबार कार्यपालिका सहितको सर्बदलिय बैठक आव्हान गर्न लागेको जनाइएको छ ।

ताजा समाचार