होमपेजचितवन विशेषबनमन्त्री बस्नेतको अभिव्यक्तिले माडीबासी आक्रोशित ,छानबिन गर्न संसदिय समितीको माग

बनमन्त्री बस्नेतको अभिव्यक्तिले माडीबासी आक्रोशित ,छानबिन गर्न संसदिय समितीको माग

चितवन , साउन १२ – बन मन्त्री शक्ति बस्नेतले  माडीको कुसुमखोला चेपाङ बस्तिमा भएको घटनामा दिएको अभिव्यक्ति प्रती माडीबासी आक्रोशित भएका छ्न । मन्त्री बस्नेतले माडीको कुसुमखोलामा स्थानियहरुको घरमा नभई जनावर धपाउन बनाइएको मचानमा मात्र आगो लगाएको भन्ने अभिव्यक्ति दिए पछि माडीबासी आक्रोशित भएका हुन । उनले कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबार बसेको बैठकमा बस्तीमा आगो नलगाइएको दाबी गरेपछि स्थानियहरु निराश र दुखी भएका हुन ।

माडी कुसुमखोला घटनामा मन्त्रीले दिएको अभिव्यक्ति काल्पनिक र झुठो भएको बताउदै घटनाको यथार्थ बुझ्न माडी नै आउन चुनौती समेत दिएका छ्न । मन्त्रीको अभिव्यक्ति पछि अधिकाश माडीबासिले सामाजिक सन्जालमा बन मन्त्रीको गैह जिम्मेवार अभिव्यक्तिले आफुहरुको भावना माथी चोट पुगेको र हचुबाको भरमा नबोल्न आग्रह समेत गरेका छ्न । निकुन्ज प्रशासन द्वारा चेपाङ बस्तिमा गरिएको अमानबिय घटनाले सिङो माडीबासी लाई आघात पुर्याएको र निस्पक्ष छानबिनका लागि संसदिय समिती गठन गर्न अनुरोध गरेका छ्न । उनिहरुले सामाजिक सन्जालमै पुर्ब प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको निर्बाचित क्षेत्र माडी भएको र बन मन्त्रीले कसको निर्देशनमा यस्तो अमानवीय घटना किन र कसरी गराइएको हो भन्ने जिज्ञासा समेत गरेका छ्न । माडिबासी लाई रास्टिय निकुञ्ज अभिशाप बन्दै गैरहेकोले आफुहरुको बाच्न पाउने अधिकार समेत खोसिदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन । माडीका अधिकाश अगुबाहरुले घटना लाई बङ्याउन खोजिएको , माडीका झन्डै पचास हजार स्थानियबासी लाई निकुञ्जको बन्धक बनाउन खोजिएको भन्दै बन मन्त्रालयको छनबिन टोलि दुधको साक्षी बिरालो बन्ने भन्दै संसदिय समितिको छानबिन आबश्यक भएको लेखेका छ्न । पहिले चितवन रास्टिय निकुञ्जका बार्डेन नारायण रुपाखेती र आइतबार बनमन्त्री बस्नेतले आम माडीबासी प्रती दिएको व्यंग्यात्मक अभिव्यक्तिले आफुहरुको भावना माथी चोट पुगेको जनाएका छ्न ।

ताजा समाचार