होमपेजराजनीतिकञ्चनपुरमा वडाध्यक्षलाई कुटपिट गर्ने ६ जना पक्राउ

कञ्चनपुरमा वडाध्यक्षलाई कुटपिट गर्ने ६ जना पक्राउ

धनगढी, साउन ११ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कुटपिट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार शुक्लाफाँटा नगरपालिका ८ का नारद ठगुन्ना सहितको समूहले वडाध्यक्ष महरामाथि कार्यालयमै कुटपिट गरेका थिए।

पक्राउ पर्नेमा सोही ठाउँका नारद ठगुन्ना, विनोद ठगुन्ना, बसन्त ठगुन्ना, मानसिँह ठगुन्ना, नविन ठगुन्ना र आनन्द ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानएको छ। पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुटपिटको नेतृत्व गरेका नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाले भने छलफलका लागि वडामा जाँदा अध्यक्ष महराले दुर्व्यवहार गर्दै आफूलाई डस्टर प्रहार गरेकोले आफूले पनि हातपात गरेको बताएका थिए।  -दिनेश खबर

ताजा समाचार