होमपेजसमाचार१४ बर्षीया प्रेमिका बलात्कार गरेको आरोपमा कैलालीका युवक पक्राउ

१४ बर्षीया प्रेमिका बलात्कार गरेको आरोपमा कैलालीका युवक पक्राउ

चितवन, साउन ११ – १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कैलालीका एक युवक पक्राउ परेका छन् । कैलालीको लुम्की चुहा नगरपालिका–२ घर भई धुम्बाराहीका २३ वर्षीय प्रज्वल कार्कीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सातदो बाटोका डिएसपी मित्रबन्धु शमाले बताए ।

परिवारले दिएको किटानी जाहेरीका आधारमा कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार्की परिवारले भने पीडित भनिएकी किशोरी उनको प्रेमिका भएको जनाएको छ । फेसबुकबाट भएको चिनजान बढ्दै जाँदा शारीरिक सम्बन्ध पनि भएको कार्कीको भनाइ छ ।

तर सहमतिमै भए पनि १८ वर्षमुनि भएको शारीरिक सम्बन्धलाई कानूनले अपराध मानेका कारण मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । -खबर कुन्ज

ताजा समाचार