होमपेजचितवन विशेषश्रीमती लाई खुर्पा प्रहार गरि श्रीमान द्वारा आत्महत्या

श्रीमती लाई खुर्पा प्रहार गरि श्रीमान द्वारा आत्महत्या

चितवन , साउन ११ – चितवनको माडी नगरपालिका वडा नम्बर ९ प्याउलीका एक जना पुरुषले श्रीमती लाई खुर्पा प्रहार गरि आत्महत्या गरेका छ्न । श्रीमती लाई खुर्पा हानेर घाइते बनाइ प्याउलीका अन्दाजि ३५ बर्षका धने बि.क.ले आज बिहान झुण्डिएर आत्महत्या गरेका हुन् । शनिबार राती श्रीमती शोभा बि.क.संग झगडा हुदा आबेगमा आइ उनले खुर्पा प्रहार गरी सख्त घाइते बनाएका थिए । बिहान घाइते अवस्थाकि श्रीमती शोभा प्रहरी कार्यालय जान्छु भनी घरबाट हिँडे लगत्तै उनी झुण्डिएको बताइएको छ । शोभाको अवस्था गम्भीर रहेकोले उनलाई अस्पताल पठाउन लागिएको माडी ९ का वडाध्यक्ष शिवहरि सुवेदीले बताए । अहिले घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउन लागेको प्रहरीले जनाएको छ ।बि.क.का १० बर्षका एक छोरा रहेका छन् ।

– प्रतिकात्मक फोटो

ताजा समाचार