होमपेजचितवन विशेषप्रदेश सभा सदस्य श्रेष्ठ द्वारा बिपन्न लाई सहयोग

प्रदेश सभा सदस्य श्रेष्ठ द्वारा बिपन्न लाई सहयोग

चितवन , साउन ११ – बागमती प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठले भरतपुर महानगरपालिका वडा नम्बर २४ को सुकुम्वासी वस्तीमा राहत सहयोग गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर २४ का अति विपन्न र सुकुम्बासी बस्तीलाई खाधान्न लगायतको सहयोग गरेका हुन् । सहयोग कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले लगातारको वर्षाका कारण आएको वाढीले क्षती पुराएका सुकुम्वासी वस्तीमा सानो सहयोग मार्फत दुखमा हातेमालो गरेको बताए । उनले स्थानियहरुलाई हरेक सुख दुखमा कुनै समस्या भएको खण्डमा आफुलाई जानकारी गराउन समेत आग्रह गरे ।
सोहि कार्यक्रममा पूर्व सांसद एवं काँग्रेस नेतृ अञ्जली श्रेष्ठले हरेक विपतले महिलाहरुलाई बढी समस्या पार्ने बताईन । अहिले पनि यो वा त्यो बाहनामा महिलाहरुले धेरै हिंसा खेप्नु परेको र अवसरबाट बञ्चीत हुनु परेको भन्दै स्वयम महिलाहरु अगाडी नवढीकन कुनै पनि परिर्वतन गर्न नसकिने बताईन ।
नेपाली काँग्रेस वडा नम्बर २४ का सभापति ईन्द्र बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश ख का क्षेत्र नम्बर ३ का सभापति लालबहादुर दवाडी, जिल्ला सदस्य छविलाल सापकोटा, नगर सभापति टिकाराम भट्टराई, पूर्व जिल्ला सदस्य टंक बास्तोला, नेपाल महिला संघकी जिल्ला सचिव लक्ष्मी लामिछाने लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा सो क्षेत्रका तिस घरलाई पञ्चीस किलो चामल, दाल, नुन, तेल, स्वायवीन सहयोग गरिएको हो ।

ताजा समाचार