Home चितवन विशेष लायन्स तथा लियो द्वारा भरतपुरमा बृक्षारोपण

लायन्स तथा लियो द्वारा भरतपुरमा बृक्षारोपण

0

चितवन , साउन १० – लायन्स तथा लियो क्लबको अग्रसरतामा आज चितवनको भरतपुरमा बृक्षारोपण गरिएको छ । भरतपुर स्थित जलदेबि पार्कमा बृहत् वृक्षारोपण कार्यक्रम गरिएको हो । कार्यक्रममा लायन्स क्लव्स ईन्टरनेशनल डिष्ट्रीक्ट ३२५ बि २ नेपालका गभर्नर लायन शम्भु नकर्मिको आव्हानमा विभिन्न जातका एक हजार एक सय एघार बिरुवा वृक्षारोपण गरिएको जनाइएको छ । कार्यक्रमको प्रमुख आतिथ्यमा डिष्ट्रीक्ट ३२५ बि २ नेपालका प्रथम भाईस गभर्नर लायन राम प्रसाद भट्ट रहनु भएको थियो । लायन्स क्लव अफ नारायणगढ दियालो अध्यक्ष लायन ध्रुव कुमार श्रेष्ठ तथा सन्धा घिमिरेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । बृक्षारोपण कार्यक्रममा , लिओ क्लव अफ नारायण्गढ दियालो , जलदेवी उपभोक्ता समिति का प्रमुख, लायन एरिया कोडिनेटर चिफ प्रभाकर पन्डित लगायत लियो र लायन्सका सदस्यहरुको सहभागिता रहेको थियो ।