होमपेजचितवन विशेषमाडीको कुसुमखोला घटना र अयोध्याका विषयमा चासो

माडीको कुसुमखोला घटना र अयोध्याका विषयमा चासो

चितवन , साउन १० –  वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जे एन थपलियाले माडी नगरपालिका वडा ९ कुसुमखोलाको चेपाङ बस्तीमा चितवन राष्ट्रिय निकुञ्जले लगाएको आगजनीको विषय र अयोध्या सम्बन्धि भेटिएका अनुसन्धानात्मक सामग्रीका विषयमा शनिबार छलफल भएको छ । छलफलका क्रममा सल्लाहकार थपलियाले माडीको अवलोकन गरी विकासका योजनाहरू तयार गर्ने र अयोध्या र माडीको सम्बन्धका बारेमा जानकारी लिन वाग्मती प्रदेशका मुख्य मन्त्री र प्रदेश सभामुख छिट्टै माडी आउन लागेको जानकारी दिदै अनुसन्धानमा भेटिएका सामग्रीहरुलाई सुरक्षित गर्न आग्रह गरे ।

छफलका क्रममा आगजनीबाट घरवारविहीन भएका चेपाङ समुदायहरुलाई विपत्तिको समयमा धैर्य गर्न आग्रह गर्दै बसोबासको समस्या समाधान गर्न प्रदेश सरकार र नगरपालिका निरन्तर अगाडि बढिरहेको जानकारी दिएका छ्न । छलफलका क्रममा माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकाल, उप प्रमुख ताराकाजी महत्तो, नेकपाका युवा नेताहरु ओमनाथ पाण्डे,कमल पाठक, वडाध्यक्षहरु, सामाजिक अगुवाहरु, स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार