होमपेजचितवन विशेषमुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार थपलिया द्वारा कुसुमखोला निकुञ्ज पीडित लाई ...

मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार थपलिया द्वारा कुसुमखोला निकुञ्ज पीडित लाई राहत वितरण

चितवन , साउन १० – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलियाले माडी नगरपालिका ९ कुसुम खोलामा निकुञ्ज प्रशासनले आगजनी गरी घरवारविहीन भएका चेपाङ परिवारलाई राहत वितरण गरेका छ्न ।
आज शनिबार बगईमा राहत वितरण गर्दै मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलियाले माडी कुसुमखोलामा भएको घटनाले अत्यन्त दुखित बनाएको बताउँदै सुकुम्बासीहरुको समस्यलाई दीर्घकालिन रुपमा समाधान गर्नको लागि प्रदेश सरकार लागिरहेको बताए । माडीको अवलोकन गरी विकासका योजनाहरू तयार गर्ने र अयोध्या र माडीको सम्बन्धका बारेमा जानकारी लिन वाग्मती प्रदेशका मुख्य मन्त्री र प्रदेश सभामुख छिट्टै माडी आउन लागेको जानकारी दिदै विपत्तिको समयमा धैर्य गर्न सबैलाई आग्रह गरे ।
राहत वितरण कार्यक्रममा माडी नगरपालिकी उप प्रमुख ताराकाजी महत्तो, नेकपाका युवा नेताहरु अोमनाथ पाण्डे,कमल पाठक, नारायण पौडेल,नारदमणि पौडेल लगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार