होमपेजचितवन विशेषमाडी कुसुमखोला निकुञ्ज पिडित लाई नेकपाको सहयोग

माडी कुसुमखोला निकुञ्ज पिडित लाई नेकपाको सहयोग

चितवन , साउन ९ – चितवन रास्ट्रिय निकुञ्ज प्रशासन द्वारा केही दिन अगाडी आगजनी र हात्ती लगाइ घर भत्काईएका माडी नगरपालिका वडा नम्बर ९ कुसुमखोलाका चेपागं सुकुम्बासीहरु लाई सहयोग गरिएको हो । पीडितहरु लाई नेकपा चितवन ३ नं क्षेत्र र माडी नगरकमिटीको तर्फ बाट खाद्यन्न तथा दैनिक प्रयोगमा आउने घरायसी सामान सहयोग गरेको हो । आगजनी तथा घर भत्काएर पिडित बनेका १० घर परिवार लाई प्रती परिवार ४० केजि चामल , दाल , तेल , अण्डा , ओछ्याउने म्याट , झुल लगायतको सामान उपलब्ध गराइएको जनाइएको छ । उपलब्ध गराइएको खाद्य सामाग्री दुई महिनालाइ पुग्ने बताइएको छ ।हस्तान्तरण कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, माडी नगर प्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकाजी महत्तो , प्रदेश सदस्य ओम पाण्डे, प्रदेश साम्सद कृष्ण भुर्तेल र रामलाल महत्तो लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार