होमपेजचितवन विशेषभरतपुरमै गैडाको आतंक , स्थानीयबासी चिन्तित

भरतपुरमै गैडाको आतंक , स्थानीयबासी चिन्तित

चितवन , साउन ९- चितवनको भरतपुरका विभिन्न स्थानमा गैडाको समुहले आतंक मच्चाउन थालेको छ । सामुदायिक बन क्षेत्र जोडिएको भरतपुर महानगरपालिकाको वडा नम्बर ११ र १२ विभिन्न स्थानमा गैडाले आतंक मच्चाएको हो । बिगत एक साता देखि वडा नम्बर ११ को भोजाड , बसेनि लगायतका विभिन्न स्थान र वडा नम्बर १२ को नौरङे लगायतका स्थानमा गैडाले स्थानियहरुको मकै , धान लगायतको बाली नस्ट गरेको हो । बिहीवार राती मात्रै गैडाको समुहले प्रगती पथ टोलमा दुई कठ्ठाको मकै र नौरङ्गे टोलमा ४ कठ्ठको मकै तथा करिव ५ कठ्ठा जमिनमा भर्खरै रोपेको धान समेत नस्ट गरेको स्थानियहरुले बताएका छ्न ।रातको १० बजे पछि गैडाको समूह बस्तीमा प्रबेश गर्ने र मकै धान लगायतको बाली नस्ट गर्ने गरेको स्थानीयबासी भक्त बहादुर गोदारले बताए । खेतीबाली मात्र नस्ट नभएर रातको समयमा हिड्डुल गर्न समेत समस्या भएको उनको भनाइ छ । भरतपुर ११ मा रहेको नव जागृती सामुदायिक बनका अध्यक्ष पुस्तक गौतमले जङल घना हुँदै गएको र सुरक्षाका विभिन्न उपायहरु अप्नाउदा पनि गैडा लाई रोक्न कठिन भएको बताए । बर्षादको समय भएको र बनमा रहेका झाडी बुट्यान बढेकाले अहाराको खोजीमा गैडाहरु गाउँ प्रबेश गरेको हुन सक्ने उनको भनाइ छ । त्यस्तै भरतपुर १२ मा रहेको राम बेल सामुदायिक बनका अध्यक्ष बेद बहादुर थापाले गैडाको समूह टिकौली जङल हुँदै आउने गरेको बताउदै काडे तार , मेस जालि र टेन्चले समेत गैडा रोक्ने प्रयास सफल हुन नसकेको बताए । स्थानियको बालीनाली क्षती नहोस भनेर सामुदायिक बन क्षेत्रमा भरपुर सुरक्षा विधि अप्नाइएको भए पनि गैडा अन्य स्थान बाट आएर क्षति पुर्याउने गरेको उनको भनाइ छ ।

फोटो – स्थानियबासी

ताजा समाचार